खेलाडी भगाउने विष्ट राखेपको सदस्यसचिवमा नियुक्त
काठमाडौं । राखेपका नवनियुक्त सदस्यसचिव केशव विष्ट खेलकुद परिषद्कै कारबाहीमा छन् ।
परिषद्ले विष्टलाई एक वर्ष खेलकुद गतिविधि गर्न प्रतिबन्ध लगाएको छ गत सेप्टेम्बरमा दक्षिण कोरियाको इन्चोनमा सम्पन्न एसियन खेलकुद प्रतियोगितामा खेलाडि भगाएको आरोप विष्टमाथि छ ।
परिषद्ले विष्टलाई एक वर्ष खेलकुद गतिविधि गर्न प्रतिबन्ध लगाएको छ गत सेप्टेम्बरमा दक्षिण कोरियाको इन्चोनमा सम्पन्न एसियन खेलकुद प्रतियोगितामा खेलाडि भगाएको आरोप विष्टमाथि छ ।

विष्ट कार्यबाहक अध्यक्ष रहेको नेपाल ताक्रो संघले पनि इन्चोन एसियाडमा सहभागिता जनाएको थियो । सेपाक ताक्रोका खेलाडी अमन पोडे इन्चोनमै लुकेका थिए ।
उनि अहिलेसम्म नेपाल फर्केका छैनन् । इन्चोनमा विष्टलाई आफ्ना खेलाडि हेर्ने जिम्मेवारी दिएको थियो । नयाँ पत्रिका दैनिकमा खबर छ ।