Header Ads

नेपालमा क्यान्सर प्रतिरोधी च्याउ भेटियो

काठमाडौं । च्याउमा फ्याटरहित प्रोटिन लगायत पोषण तत्व त छ नै, केही रैथाने प्रजातिमा औषधिको गुण समेत पाइएको अनुसन्धानले प्रष्ट पारेको छ ।

रैथाने च्याउमा अनुसन्धान गरिरहेका जापानी वैज्ञानिकहरुले औषधि तत्व फेला पारेका हुन् । कृषि अनुसन्धान परिषद नार्कसँग सहकार्यमा गरिरहेको जापानको फुकुवकास्थित केसियू विश्वविद्यालयका वैज्ञानिकहरुल विभिन्न क्षेत्रका च्याउमाथि अनुसन्धान गरेका थिए ।
त्यसमध्ये फुलचोकी जंगलमा पाइने रैथाने जंगली च्याउमा औषधि भेटिएको नाकर्क च्याउविज्ञ गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

जापानमा गरिएको विश्लेषणले रैथाने च्याउमा रोगसँग लड्ने क्षमता, कपाल कालो राख्ने तत्व, अुनहारमा खुम्चेको छाला तत्काउने, पोतो, चाया हुन नदिने, अण्डकोषको क्यान्सर कम गर्ने, मधुमेह घटाउनले लगायतका तत्व भेटिएको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।
Powered by Blogger.