खेलकुदमन्त्रीसँग किन ओली आक्रोसित भए ? जान्नुहोस ...
काठमाडौं, असार १२ । एमाले अध्यक्ष केपी ओलीले खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई खेलकुद परिषद्मा आफूखुसी सदस्यसचिव नियुक्तिको निर्णय शनिबारसम्म सच्याउन निर्देशन दिएका छन् । मन्त्री पौडेलले
नियुक्तिलगत्तै ओलीले पौडेलाई पार्टी सदस्यीय दलको कार्यालय बोलाएर निर्णय सच्याउन शनिबारसम्मको समय दिएका हुन् ।
‘तपाईं आकाशमा भए पनि पातालमा भए पनि तुरुन्त आउनुस्,’ ओलीले मन्त्रीलाई उपस्थित हुन दिएको निर्देशन उद्धृत गर्दै स्रोतले भन्यो । ओली मन्त्रीसँग निकै कड्किएका थिए । ओलीले शनिबारसम्म आफ्नो निर्देशन नमाने पौडेललाई मन्त्रीबाट बर्खास्त गर्न प्रधानमन्त्रीलाई पत्र लेख्नेसमेत चेतावनी दिएका थिए ।
ओलीले सदस्यसचिवमा एमाले काभ्रेका पूर्वअध्यक्ष गोकुल बाँस्कोटा, खेलकुद परिषद्का पूर्वअध्यक्ष पीताम्बर तिमिल्सिना वा अन्य कसलाई नियुक्ति गर्ने भन्नेबारे सहयोगीहरुसँग छलफल गरिरहेका बेला मन्त्री पौडेलले आफूखुसी बिष्टलाई नियुक्ति दिएको आरोप लागेको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।