Header Ads

समलिंगी भनि जोक गर्नेलाई करणले दिए यस्तो जवाफ

मुम्बाई । भर्खरै अमेरिकाको सर्वोच्च अदालतले समलिंगी विवाहलाई आधिकारीकता दिएको छ । यस फैसलापछि एक व्यक्तिले करण जोहारलाई लक्षित गर्दै उनीबारे जोक बनाएपछि जोहरले त्यसको कडा प्रतिवाद गरेका छन् ।

 प्रतिक मलहोत्रा नाम गरेका ती व्यक्तिले ट्विटरमा लेखेका छन्, ‘करणजी छिट्टै अमेरिकामा बिहे गर्नुहोला ।’ करणले पनि यस्तो जोकलाई त्यत्तिकै सहेनन् । उनले प्रतिउत्तरमा ट्वीट गरे , ‘ जब एउटा ठूलो परिवर्तन भएको छ ।

त्यस्तो परिवर्तनको कसैले ट्वीटरमा यसरी खिल्ली उडाइनु लज्जास्पद छ ।’ आजकल बलिउड स्टारहरु यसरी सर्वसाधारणले ट्वीटरमा गर्ने कमेन्टमा समेत प्रतिक्रिया देखाउन ढिला गर्दैनन् ।

 केही समयअघि मात्रै अभिनेत्री विशाखा सिंहले आफूमाथि गरिएको एक अश्लिल कमेन्टको गतिलो जवाफ फर्काएकी थिइन् ।

त्यस्तै अभिषेक बच्चनले आफ्नी छोरी आराध्याका विषयमा जोक गर्नेमाथि पनि गतिलो प्रतिक्रिया फर्काएका थिए ।
Powered by Blogger.