मिति: वि.सं.२०७२ साल असार१४ गते। सोमबार। हेर्नुहोस तपाईको आज कस्तो छ ?
वि.सं.२०७२ साल असार १४ गते। सोमबार। इश्वी सन् २०१५ जुन २९ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३५ अनलाथ्व। आषाढ अधिक–शुक्लपक्ष। तिथि– द्वादशी, बिहान ९:०१ बजेउप्रान्त त्रयोदशी। नक्षत्र– अनुराधा, रात्रि ३:४१ बजेउप्रान्त ज्येष्ठा। योग– साध्य, अपराह्न ३:५९ बजेउप्रान्त शुभ। करण– वालव, बिहान ९:०१ बजेदेखि कौलव, बेलुकी ९:०९ बजेउप्रान्त तैतिल। आनन्दादिमा मानस योग। चन्द्रराशि– वृश्चिक। काठमाडौंमा सूर्योदय– ५:१२ बजे, सूर्यास्त– ७:०२ बजे र दिनमान ३४ घडी ३३ पला। सोमप्रदोष व्रत।- तदअनुसार तपाईंको राशी यस प्रकार छ !
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
प्रयासमै समय मात्र बित्नेछ। आजको समस्या तत्काल समाधान नहुन सक्छ। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत कमजोरीले पनि सताउला। उपचारमा खर्च हुने योग छ। विद्यामा समय दिन नसकिएला। व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन्। गोपनीयतामा ध्यान पुर्याउँदै केही समय प्रतीक्षा गर्दा फाइदा हुनेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ। सोचेको लाभ नमिल्न सक्छ। केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। आफन्तसँग असमझदारी बढ्न सक्छ। बाध्यताका काममा अलमलिनुपर्ला। पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ। सामान्य आम्दानी भइरहनेछ। व्यवसायमा फाइदै हुनेछ। यात्रामा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। तपाईंको ईष्र्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सुखद समाचारले अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
ढिलासुस्तीले काम बिग्रन सक्छ। हातमा आएको मौका गुम्ने देखिन्छ, सचेत रहनुहोला। स्थायी सम्पत्तिमा केही विवाद आउला। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउला। तापनि, बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ। महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन्। पशु, भूमि र मातृधनबाट सामान्य लाभ मिल्नेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनाले रोकिएका काम सम्पादन हुनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन्। कमजोरीमाथि टिप्पणी हुन सक्छ। मान–सम्मानमा अलि आघात पर्ने सम्भावना देखिन्छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
पारिवारिक भेटघाटको समय छ। विशेष व्यक्तित्वलाई भेट्ने मौका आउन सक्छ। ठूलै फाइदाको आश्वासन पनि पाइनेछ। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। तर, परिस्थितिअनुसार चल्न नसक्दा केही मौका गुम्न सक्छन्। टाढिएका आफन्तको यादले पिरोल्नेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
केही मात्रामा खर्च बढ्नेछ। काममा लगानीको समय छ। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्लान्। दण्ड वा जरिवानामा परिने सम्भावना छ। छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ। तापनि, प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थानान्तरण वा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। पितृधनबाट विशेष फाइदा होला। सोचेभन्दा बढी नै लाभ हुने योग छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
प्रतिष्ठित काम गर्ने मौका छ। मातापिताको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। भाग्योन्नतिको समय छ।