२२ सेकेन्ड अघि नै भूकम्पबारे थाहा दिने प्रविधि सञ्चालनमा
काठमाडौं । भूकम्प आएपछि हुने ठूलो धनजनको क्षतिबाट बच्नका लागी नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले भूकम्प आउनुपूर्व नै थाहा दिने यन्त्र सञ्चालनमा ल्याएको छ।
नास्टले यसको परिक्षणका लागी धादिङको नौबीसे १ धार्केस्थित रेडियो राजमार्गको कार्यालयमा प्रविधिसहितको सो यन्त्र जडान गरेको हो । चिनियाँ विशेषज्ञसहितको टोलीसंग मिलेर जडान गरिएको यन्त्र २२ लाख मूल्य बराबरको छ ।
‘भुकम्प आउनुअघि जानकारी दिने यो प्रणाली नेपालमै पहिलोपटक ल्याइएको हो’, नास्टका उपकुलपति प्राध्यापक डा. जीवराज पोखरेलले भने, ‘यसअघि आफ्नै ललितपुरको खुमलटारस्थित हाम्रो कार्यालय र काभ्रेको बनेपामा यो यन्त्र जडान गरेका छौं ।’

धार्के र यस आसपासका क्षेत्रमा आउने भूकम्पको अग्रिम जानकारी दिने यन्त्र जडान गरेर रेडियो राजमार्गलाई साँचो हस्तान्तरण गरिएको नाष्टका सामान्य प्रशासन महाशाखा प्रमुख शिशिरराज कोलाक्षपतीले बताए ।
चीनको इन्स्टिच्युट अफ केयर लाईफ (आईसिएल), पिपुल्स रिपब्लिक अफ चाइनाको अनुदानमा ल्याइएको यो प्रविधिलाई सबै नागरिकसम्म पु¥याउन एफएम रेडियोका साथै मोबाइल एप्स, अस्पताल र सार्वजनिक ठाउँमा साइरन प्रयोग गर्न सकिने नास्टका ईन्जिनियर देवकुमार शाहले बताए ।
‘चिनियाँ सहयोगमा ८० वटा सेन्सर जडानको काम सुरु भएको छ । देशभर ३२० वटा सेन्सर आवश्यक छ’, उनले भने, ‘२४० वटा सेन्सर नास्टले नै किनेर जडान गर्छौं ।’ नास्टले यो प्रविधिबाट भूकम्पबारे ६ देखि २२ सेकेण्ड अगाडि नै जानकारी प्राप्त हुने जनाएको छ ।