बलात्कार गरे भन्ने युवतीलाई नै जेल सजाय
कपिलवस्तु । अदालतले तीन जना युवाविरुद्ध जबर्जस्ती करणी सम्बन्धी झुठा मुद्दा दिएकी थारु समुदायकी एक महिलालाई १५ दिन कैदको सजाय गरेको छ ।
हुँदै नभएको जाहेरी दिएर ती युवाहरुलाई फसाउन खोजेको भन्दै ३५ वर्षकी ती महिलालाई अदालतले सो सजाय गरेको जनाएको छ।
जिल्ला अदातलका न्यायाधीश किरणकुमार पोख्रेलेको एक ईजलासले आरोपित युवाहरुलाई मुद्दाबाट सफाई दिँदै महिलालाई सो सजाय तोकिएको अदालतका श्रेस्तेदार ईश्वरी भण्डारीले जानकारी दिए।

घटनाको अनुसन्धानपछि महिलाले युवाहरुलाई फसाउन खोजेको खुलेको थियो, यसरी प्रहरी कर्मचारी र अदालतको समय बर्वाद गरेकोले जाहेरी दिने महिलालाई सो सजाय गरिएको होु, उनले भने ।
माइतबाट फर्कनेक्रममा जंगलमा आफूलाई गत चैत १५ गते गुगौली गाबिसका गोबिन्द कुमार थारु, रामु थारु र बच्चन थारुले बलत्कारको प्रयास गरको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन्।
उनको जाहेरीको आधारमा प्रहरीले ती युवाहरुलाई पक्राउ गरी जरबरजस्तीकरणी उद्योगको मुद्दा चलाएको थियो। तीन हप्तासम्म ती युवाहरु प्रहरी हिरासतमा रहेका थिए।