युनेस्कोले खतराको सूचीमा राख्यो काठमाडौंका सम्पदा
काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त काठमाडौं उपत्यकाका विश्व सम्पदा क्षेत्रलाई युनेस्कोले खतरा सूचीमा राख्ने तयारी गरेको छ । जर्मनीको बोनमा आइतबार सुरु हुने युनेस्को विश्व सम्पदा समितिको ३९ र्औं सम्मेलनमा यसबारे प्रस्ताव पेश हुदैँछ ।
युनेस्कोले ठूलो क्षतिलाई ध्याामा राख्दै विश्व सम्पदा परिचालन निर्देशिकाको दफा १७७,१७८ र १७९ अनुसार यस्तो प्रस्ताव बैठकमा पेस गर्न लागेको हो ।
युनेस्कोले ठूलो क्षतिलाई ध्याामा राख्दै विश्व सम्पदा परिचालन निर्देशिकाको दफा १७७,१७८ र १७९ अनुसार यस्तो प्रस्ताव बैठकमा पेस गर्न लागेको हो ।

समितिले विश्व सम्पदा केन्द्र र सलहकार निकयसँग गहन परामर्श लिएर काठमाण्डु उपत्यकालाई खतराको सूचीबाट हटाउन आपतकालीन योजनाको विकाश र कार्यान्वयन गर्न नेपाललाई अनुरोध गरेको छ ।
युनेस्कोले सन २०१६ फेब्रुअरी १ सम्म विश्व सम्पदाको अवस्था सुधा गर्नुपर्ने चेतावनी दिँदै पुरा गरे नगरेको रिर्पोट पेश गर्न नेपाललाई अनुरोध गरिने निर्णयको मस्यौदामा उल्लेख गरेको छ ।
नागरिक दैनिकमा खबर छ ।
