नेपालको पूर्व क्षेत्रमा भूकम्पको धक्का महसुस
काठमाडौं, असार १३ । नेपालको पूर्वी भागमा भूकम्पको धक्का महशुस गरिएको छ ।
आइतबार बिहान ७ बजेर ५ मिनेटमा भारतको आसाम र भूटानको थिम्पु केन्द्रविन्दु भएर ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको अन्तर्राष्टिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
नेपालमा वैशाख १२ गते ७ दशमलव ८ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो ।आइतबार बिहान ७ बजेर ५ मिनेटमा भारतको आसाम र भूटानको थिम्पु केन्द्रविन्दु भएर ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको अन्तर्राष्टिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

मध्य क्षेत्रमा यसको पराकम्पन अझै आइरहँदा भारतमा भूकम्प गएपछि नेपालको पूर्वमा पनि धक्का महशुस गरिएको छ ।
