पत्नी, सासूससुरासहित ७ जनाको हत्या गरेका हुसेन मियाँ कतारमा
काठमाडौं । पत्नी , सासु ससुरा र अर्की एक महिलालाई मारेर सप्तरीका एक युवा कतार पुगेका छन् । सप्तरीको पटेवा घर भएका ३५ बर्षिय मोहम्मद सकिल हुसेन मियाँ कतारमा भएको खुलेको छ ।
उनले पत्नी १८ बर्षिय सैरुन खातुन, ससुरा ५८ बर्षका इद्रिस खालिफा, सासु ५५ बर्षकी जैतुन खातुन र अर्की एक महिला दुलारी देवी साहलाई मारेको प्रहरीले जनाएको छ ।
इन्टरपोलले उनलाई पक्राउ गर्न रेडकर्नर नोटिस जारी गरेको छ ।
इन्टरपोलले गत सोमबार रेडकर्नर नोटिस जारी गरेको हो ।उनले पत्नी १८ बर्षिय सैरुन खातुन, ससुरा ५८ बर्षका इद्रिस खालिफा, सासु ५५ बर्षकी जैतुन खातुन र अर्की एक महिला दुलारी देवी साहलाई मारेको प्रहरीले जनाएको छ ।

सकिलले सुनसरीमा पत्नी, सासु ससुरा, सप्तरीमा दुलारी देवीबाहेक थप तीन जनाको हत्या गरेको खुलेको छ ।
यिनले सप्तरीको त्रिकोलमा निर्मलादेवी साहको हत्या गरेको खुलेको छ । कान्तिपुर दैनिकमा खबर छ ।
