Header Ads

प्रधानमन्त्रीसहित प्रमुख नेतालाई १ वर्ष थुन्न माग गर्दै सर्वोच्चमा मुद्दा

काठमाडौं । प्रमुख चार दलबीच गएको जेठ २५ गते भएको १६ बुँदे बार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध बोलेकाले प्रमुख नेताहरुलाई १ वर्ष कैद गरी १० हजार रुपैयाँ जरिवाना गर्न मागसहित बुधबार सर्वोच्चमा अदालतमा अपहेलनाको मुद्दा दायर भएको छ ।

अधिवक्ता लक्ष्मीप्रसाद पोखरेलद्वारा दायर गरिएको मुद्दामा प्रधानमन्त्री सुशील कोइराला, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, पुष्पकमल दाहाल, विजयकुमार गच्छेदार, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नरहरि आचार्य संविधानसभाका सदस्य बाबुराम भट्टराईलगायतलाई १ वर्ष कैद गरी १० हजार रुपियाँ जरिवाना गर्न माग गरिएको हो । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
Powered by Blogger.