Header Ads

घर निर्माणमा लागेको प्रतिबन्ध आंशिक हट्यो, दुई तलाभन्दा बढी बनाउन नपाइने व्यवस्था खारेज

काठमाडौं । सरकारले गत वैशाख १२ को शक्तिशाली भूकम्पपछि नयाँ घर बनाउन लगाएको प्रतिबन्ध आंशिकरुपमा फुकुवा गरेको छ ।

 साथै प्रक्रियामा रहेका नयाँ नक्सापास स्वीकृति प्रक्रिया पनि अघि बढाउने निर्णय गरिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बुधबार मन्त्रिस्तरीय निर्णयका आधारमा भवन निर्माणसम्बन्धी ८ बुँदे सर्कुलर जारी गरेको हो ।

 जसमा गत जेष्ठ ४ गते जारी भएको १६ बुँदे निर्देशनको १, २ र ३ नम्बरको निर्णयहरुलाई सम्बोधन गरी आंशिकरुपमा फुकुवा गरिएको मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईले जानकारी दिए । नयाँ निर्देशनअनुसार नक्सापास भएका तथा निर्माण सुरु नभएका घरको निर्माणमा लागेको प्रतिबन्ध हटाइएको छ ।

 साथै निर्माणाधीनको हकमा दुई तलाभन्दा बढी बनाउन नपाइने व्यवस्था पनि खारेज गरिएको छ । राष्ट्रिय भवनसंहिता र स्वीकृत मापदन्ड बमोजित स्वीकृत भएका क, ख, ग र घ वर्गका भवनहरुको निर्माणकार्यलाई प्रचलित कानुनको परिधिमा रही बनाउन दिइने निर्देशनमा उल्लेख छ ।

 तर, निर्माण नथालिएका क र ख वर्गको भवनको हकमा भने माटो परीक्षण गर्नुपर्ने भनिएको छ । भवन ऐनको दफा ८ अनुसार ‘क’ वर्गमा अन्तराष्ट्रियस्तरका ठूला भवन पर्छन् भने ‘ख’ वर्गमा एक हजार स्क्वायरफिट क्षेत्रफल भएका र तीन तला वा सोभन्दा माथिका भवन पर्छन् । ‘ग’ वर्गमा तीन तलाभन्दा कमका र ‘घ’मा अरु घर पदर्छन् । -इमेजखबर बाट 
Powered by Blogger.