Header Ads

गुगलले विश्वभर निःशुल्क वाइफाइ उपलब्ध गराउँदै

एजेन्सी । अब इन्टरनेट सेवा प्रदायक कम्पनी गुगलले विश्वभर निःशुल्क वाइफाइ सेवा उपलब्ध गराउने भएको छ । उसले यसका लागि अमेरिकाको न्यूयोर्क सहरमा परिक्षण सुरु गरिसेकाके छ । न्यूयोर्कमा अहिले लिंक एनवाइसी नामको परियोजनाका लागि निःशुल्क पब्लिक नेटवर्कको निर्माण भइरहेको बताइएको छ।

 उसले कनेक्टिभिटीको लागि शहरका पुराना टेलिफोन बाकसहरुलाई वाइफाइ हबमा परिणत गर्नेछ। कम्पनीले न्यूयोर्कमा यो परिक्षण सफल भएमा विश्वभर नै वाइफाइ वितरण गर्ने योजना बनाएको छ। विश्वमा निःशुल्क वाइफाइ उपलब्ध गराउने आफ्नो योजनालाई मूर्तरुप दिन गुगलले एक अलग्गै कम्पनी खोलेको छ ।
उक्त कम्पनीको नाम हो, साइडवाक ल्याब्स । गुगलको यो कम्पनीले न्युयोर्कमा अन्त्यन्तै तिव्रगतिको इन्टरनेट उपलब्ध गराएका दुइवटा अन्य कम्पनी खरीद गर्ने तयारीमा छ । निशुल्क इन्टरनेट उपलब्ध गराउने कामलाई कार्यरुप दिन गुगलले न्युयोर्कस्थित बिक एप्पलको पूरानो फोन बुथको प्रयोग गर्दैछ । उक्त परियोजनाका लागि यस्तै प्रकारका १० हजार फोन बुथ प्रयोग गर्ने गुगलको तयारी छ ।

गुगलले ती फोन बुथहरुमा आवश्यक परिवर्तन गर्नेछ । त्यसबाट उसले केवल निशुल्क वाइफाइ मात्र होइन मानिसहरुलाई आफ्नो मोबाइल फोन चार्ज गर्ने सेवा पनि उपलब्ध गराउने बताइएको छ । त्यसका साथै ती बुथहरुबाट मानिसहरुले नि:शुल्क डोमेस्टिक फोन कल समेत गर्न पाउनेछन् । गुगलको योजना यत्तिमा मात्र सिमित कहाँ छ र ? उसले ती फोन बुथहरुमा टचस्क्रिन हाल्नेछ ।

जसको माध्यमबाट मानिसहरु सहरका महत्वपूर्ण ठाउँ तथा यातायात सेवाहरुको बारेमा पनि जानकारी प्राप्त गर्न सक्नेछन् । ब्लुमबर्ग न्यूजका अनुसार आगामी जाडो याम अगाडि नै न्युयोर्कमा नि:शुल्क वाइफाइ लगायतका सेवा उपलब्ध गराउने ती फोनहरु संचालनमा आउनेछन् । उक्त ट्रायल सफल भएसँगै गुगलले यो परियोजनालाई विश्वका अन्य सहरमा पनि विस्तार गर्ने योजना बनाएको छ ।
Powered by Blogger.