Header Ads

अध्यादेश राजको विपक्षमा सभामुख

काठमाडौं, असार ८ । संसदीय प्रक्रिया अस्वीकार र अवमूल्यन गर्दै अध्यादेशमार्फत शासन चलाएकामा सभामुख सुवास नेमवाङले राष्ट्रपतिसँग आपत्ति जनाएका छन् ।

पुननिर्माण प्राधिकरण गठनसम्बन्धी अध्यादेश गठन गरेलगत्तै सोमबार राष्ट्रपति रामवरण यादवसँग भेटी नियमित प्रक्रिया वेवास्ता गर्दै अध्यादेश ल्याएकामा नेम्वाङले आपत्ति जनाए ।

चार दिनपछि संसद्को नियमित वर्षे अधिवेशन बोलाइएको अवस्थामा अध्यादेश जारी गर्नु आफैंमा परम्परा र संसदीय मान्यताविरुद्द भएको उनले बताए ।

 राष्ट्रपतिसँगको भेटमा सभामुखले संसद् छलेर अध्यादेश ल्याउने सरकारी प्रवृत्तिप्रति आफू सहमत हुन नसक्ने जानकारी समेत गराए , आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
Powered by Blogger.