अमेरिका जाने लोभमा २६ लाख यसरी डुब्यो
काठमाडौं,असार ८ । जीवनभर कमाएको रकम खर्चिएर अमेरिका हिँडेका व्यक्तिको प्रवेशाज्ञा (भिसा) बीच बाटोमा नक्कली ठहरियो भने कसको होस नउड्ला र ? यस्तै भयो बाग्लुङका गोपालप्रसाद सापकोटालाई । घरपरिवारसँग अमेरिका जान बिदा भएर हिँडेका उनी हङकङ विमानस्थलबाटै फर्कनुपर्यो ।
हङकङ अध्यागमनले सापकोटाको राहदानीमा लागेको अमेरिकाको भिसा नक्कली भएको भन्दै उनलाई फर्काइदिएको हो । त्यहाँ फर्काइएपछि उनी अध्यागमन विभागको हिरासतमा छन् । अमेरिका जान २६ लाख रुपैयाँ खर्चिएर लिएको भिसा नक्कली ठहरिएपछि उनी होसहवास उडेजस्तै भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन अधिकृतले उनको राहदानीमा सक्कली भिसा भन्दै पठाए पनि हङकङ विमानस्थलले नक्कली ठहराएको हो । नौ दिनदेखि अध्यागमन विभागको हिरासतमा रहेका सापकोटा छुट्नका लागि कानुनी लगाइँ लडिरहेका छन् ।
अध्यागमनका निर्देशक टेकराज ज्ञवालीले सापकोटाको फाइल अध्ययनकै क्रममा रहेको बताए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।