Header Ads

नेपाल दूरसञ्चार प्राधिकरणको माइन्युट चोरेर एनसेल पुर्याउने को ?

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका सबै सूचना र अहिलेसम्म भएका सबै निर्णयका माइन्युटका फोटोकपी निजी क्षेत्रको मोबाइल कम्पनी एनसेलमा पुगेको छ ।

प्राधिकरणका कम्पनी सचिव कैलाशप्रसाद न्यौपाने नै एनसेलमा मासिक ४ लाख रुपैयाँ तलब खानेगरी काम गर्न गइसकेका छन् । प्राधिकरणमा हुँदा पनि एनसेलका एजेन्टका रुपमा काम गर्दै आएका न्यौपानेले केही महिनाअघि राजीनामा दिएर एनसेलमा जागिर खान थालेका छन् ।

न्यौपानेले प्राधिकरणको कम्पनी सचिव भएदेखिका सबै बोर्ड बैठकका माइन्युटको फोटोकपी गरी लगेको स्रोतले बतायो । प्राधिकरणका कम्पनी सचिवका रुपमा काम गर्दै आएका न्यौपाने एनसेलको एजेन्टका रुपमा काम गर्दैआएको उनी हठात् राजीनामा दिएर जानुले पुष्टी गरेको स्रोतले बतायो ।

 नियामक निकायमा लामो समय कम्पनी सचिव भएका न्यौपानेले एससेलले मागेजति सुविधा दिने भएपछि राजीनामा दिएका थिए । राजीनामा दिएको केहीसमय पछि नै न्यौपाने एनसेलमा काम गर्न थालिसकेका छन् । आजको दृष्टि साप्ताहिकमा खबर छ ।
Powered by Blogger.