सर्वोच्चको आदेशविरुद्द सरकार भ्याकेटमा जाने, के हो भ्याकेट ?
काठमाडौं,असार १० । सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज गर्न सरकार भ्याकेटमा जाने भएको छ । सर्वोच्चले चार दलबीच भएको १६ बुँदे सहमति कार्यान्वयन नगर्न संविधानसभाको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।
अन्तरिम आदेश पुनर्विचार माग गरिनुलाई भ्याकेट भनिन्छ ।
अन्तरिम फैसला पुनर्विचार माग गरिनुलाई भ्याकेट पुनरावलोकन भनिन्छ । भ्याकेटमा जाने विषयमा चार दलका शीर्ष नेताबीच समझदारी बनिसकेको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिए ।
रावलले भने,‘दलहरुबीच उपयुक्त समयमा भ्याकेटमा जाने भन्ने समझदारी भएको छ ।’
तर कहिले जाने भन्नेबारे भने उनले खुलाउन चाहेनन् । स्रोतका अनुसार संविधानको मस्यौदा निर्माणका काम सकिएपछि भ्याकेटमा जाने सरकारको तयारी छ ।
मस्यौदाको काम सकिएपछि संविधानसभाले काम गरेको राजनीतिक सन्देश जनतामा जाने भएकाले त्यसपछि मात्र भ्याकेटमा जान दलका नेता तथा कानुनविद्हरुले प्रधानमन्त्री सुशील कोइरालालाई सुझाव दिएको स्रोतको भनाइ छ ।
