भवन बनाउँदा होर्डिङ बोर्ड राख्न अनिवार्य ! नक्सा पास भएका भवन निर्माण खुला
काठमाडौं, असार १० । सरकारले नक्सा पास भइसकेका घर बनाउन खुला गरेको छ । तर, भवन निर्माणका क्रममा नक्सा, स्वीकृति प्रमाणपत्रसहितको होर्डिङ बोर्ड अनिवार्य राख्नुपर्ने भएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको नगरपालिका व्यवस्थापन महाशाखा प्रमुख गोपीकृष्ण खनालले नक्सा पास भएका घर निर्माण गर्न खुला गरिएको जानकारी दिए ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको नगरपालिका व्यवस्थापन महाशाखा प्रमुख गोपीकृष्ण खनालले नक्सा पास भएका घर निर्माण गर्न खुला गरिएको जानकारी दिए ।

तर, नक्सापास तोकिएको मापदण्ड पूरा भएको हुनुपर्ने उनको भनाइ छ । ‘नक्सा पास गरिसकेकालाई भवन निर्माण गर्न खुला गरिएको हो, तर भवनको नक्सापास नियमवमोजिम हुनैपर्छ,’ खनालले भने,‘नयाँ भवनको नक्सापास भने खुला गरिएको छैन ।’
भूकम्पपछि सरकारले ४ जेठबाट दुई महिनाका लागि घर निर्माण गर्न रोक लगाएको थियो, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।