Header Ads

न्यायाधीश बमका सुटर इस्माइली मगर साउदीको जेलमा

काठमाडौं, असार १० । न्यायाधीश रणबहादुर बमलाई गोली हान्ने फरार अभियुक्त सञ्जय इस्माइली मगर तीन महिनादेखि साउदी अरेवियाको जेलमा छन् ।

अदालतको आदेश चाहिने भन्दै साउदी प्रहरीले नेपाल प्रहरीलाई बुझाउन अस्वीकार गरेको छ । नेपाल प्रहरीकै आग्रहमा १० चैतमा मगरलाई साउदी प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई लिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) टोली साउदी जाने तयारी गरेपछि साउदी प्रहरीले बुझाउन अस्वीकार गरेको हो । प्रक्रिया पूरा नभएकाले मगरलाई नेपाल ल्याउन नसकिएको सिआइबीका निर्देशक डिआइजी हेमन्त मल्ल ठकुरीले बताए ।

 ‘उनीहरुको देशको नियमअनुसार अदालतको आदेश चाहिने भएकाले केही लम्बिएको हो,’ डिआइजी मल्लले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Powered by Blogger.