मदर टेरेसाकी उत्तराधिकारी सिस्टर निर्मला रहिनन् ! ८१ वर्षको उमेरमा गएराती निधन
काठमाडौं । दुःखी र असहायकी सहारा मदर टेरेसाकी उत्तराधिकारी सिस्टर निर्मलाको मंगलबार निधन भएको छ ।
भारतको कोलकातास्थित मिसनरिज अफ च्यारिटीप्रमुख निर्मलाको ८१ वर्षको उमेरमा स्थानीय समयअनुसार राति १२ः०५ मा निधन भएको हो । उनी एक महिनापछि ८२ वर्ष लाग्दै थिइन् ।
भारतको कोलकातास्थित मिसनरिज अफ च्यारिटीप्रमुख निर्मलाको ८१ वर्षको उमेरमा स्थानीय समयअनुसार राति १२ः०५ मा निधन भएको हो । उनी एक महिनापछि ८२ वर्ष लाग्दै थिइन् ।

सिस्टर निर्मलाकी काँइली बहिनाीका छोरा कांग्रेस नेता विश्वप्रकाश शर्माका अनुसार गएको वर्ष भदौ महिनामा मुटुको सामान्य समस्या देखिएपछि सिस्टर निर्मला एक साता अस्पताल भर्ना भएकी थिइन् ।
एक महिनाअघि उनलाई माइनर हर्ट अट्याक भएको थियो । आजको नागरिक दैनिकमा खबर छ ।