Header Ads

सिटी रिक्सा चालक लाइसेन्स नपाउँदा अप्ठ्यारोमा

विराटनगर । इलेक्ट्रोनिक्स रिक्सा (सिटी रिक्सा) का चालकले लाइसेन्स नपाउँदा उनीहरु अप्ठ्यारोमा परेका छन् ।

विना लाइसेन्स र रुट परमिटविना कुदाएको भन्दै ट्राफिक प्रहरीले धमाधम सिटी रिक्सालाई नियन्त्रणमा लिएर जरिवाना गर्दा उनीहरु अप्ट्यारोमा परेका हुन् ।

सिटी रिक्सा खरिद गरी सञ्चालन गर्दा लाइसेन्स नपाएको भन्दै सिटी रिक्सा चालक ‘कि जागिर देउ, कि लाइसेन्स देऊ’ भन्दै आन्दोलित भइरहेका छन् ।


लाइसेन्स दिने निकाय यातायात व्यवस्था कार्यालयले महिनौंदेखि सिटी रिक्सालाई धमाधम नियन्त्रणमा लिएर जरिवाना गरेको भन्दै रिक्सा चालकहरुले नियन्त्रणमा लिँदैमा समस्या समाधान नहुने बताएका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Powered by Blogger.