Header Ads

ट्वाण्टी ट्वाण्टी छनोटको अभ्यास खेलमा नेपालद्वारा र्इंग्ल्याण्डको क्लव पराजित

काठमाडौं, असार १२ । ट्वाण्टी ट्वाण्टी विश्वकप क्रिकेटको छनोट प्रतियोगिता खेल्ने तयारीमा रहेको नेपालले दोश्रो अभ्यास खेलमा ईंग्ल्याण्डको फोरेस्टर्स क्लवलाई २४ रनले हराएको छ ।

१ सय ५९ रनको लक्ष्य पछ्याएको फोरस्टेर्सलाई १ सय ३४ रनमा अलआउट गराउँदै नेपालले २५ रनको जित हात पारेको हो । नेपालको जितमा सोमपाल कामी र सागर पुनले दुई दुई तथा शक्ति गौचन, जितेन्द्र मुखिया र पारस खड्काले एक एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ४२ र सागर पुनले ३६ रन बनाए । प्रदीप ऐरीले १७ बलमा २७ रन बनाए भने शरद भेषावकरले १३ रनको योगदान गरे ।

 ईंग्ल्याण्डमा अभ्यास सकेर नेपाली टीम उतैबाट ट्वाण्टी ट्वाण्टी खेल्न नेदरल्याण्ड जाने छ । नेदरल्याण्डसँग चारवटा ट्वाण्टी ट्वाण्टी खेलेपछि नेपाल ट्वाण्टी ट्वाण्टीको विश्व वरियतामा प्रवेश गर्न पाउनेछ ।
Powered by Blogger.