Header Ads

मिति: वि.सं.२०७२ साल असार १५ गते। मंगलबार। हेर्नुहोस तपाईको आज कस्तो छ ?

वि.सं.२०७२ साल असार १५ गते। मंगलबार। इश्वी सन् २०१५ जुन ३० तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३५ अनलाथ्व। आषाढ अधिक–शुक्लपक्ष। तिथि– त्रयोदशी, बिहान ९ः११ बजेउप्रान्त चतुर्दशी। नक्षत्र– ज्येष्ठा, रात्रि ४ः११ बजेउप्रान्त मूल। योग– शुभ, अपराह्न ३ः०२ बजेउप्रान्त शुक्ल। करण– तैतिल, बिहान ९ः११ बजेदेखि गर, बेलुकी ९ः०४ बजेउप्रान्त वणिज। आनन्दादिमा मुद्गर योग। चन्द्रराशि– वृश्चिक, रात्रि ४ः११ बजेउप्रान्त धनु। काठमाडौंमा सूर्योदय– ५ः१३ बजे, सूर्यास्त– ७ः०२ बजे र दिनमान ३४ घडी ३३ पला। राष्ट्रिय धान दिवस तथा रोपाइ“ महोत्सव। दहीचिउरा खाने सांस्कृतिक दिवस।- तदअनुसार तपाईंको राशी यस प्रकार छ !

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। प्राप्त न्यून उपलब्धिले मन बुझाउन नसकिएला। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ। विगतका समस्या बल्झिन सक्छन्। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। यात्रामा पनि समस्या आउने र बाध्यताका काममा जुट्नुपर्ने योग छ। दाम्पत्य सम्बन्धमा असमझदारी वा प्रतिस्पर्धाको समय छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। सवारीसाधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ला।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। परिस्थितिले अरूको हातमा गइसकेको धन फिर्ता दिलाउनेछ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। आत्मीयजनबाट टाढिनुपर्ला। विगतका निर्णयले काममा चुनौती आउने देखिन्छ। मान्यजनको सुझाव अप्रिय लाग्नेछ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मातृधन तथा राय–सुझावबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि लाभ होला।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
अनुकूल समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषि–चौपायामा भने अलि कममात्र फाइदा होला। तापनि, प्रशस्त धन आर्जन गर्ने मौका छ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
विभिन्न अवसर पाइने समय छ। तर, सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ। सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस्। पढाइलेखाइमा ध्यान दिन नसकिएला। द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ। धैर्यसाथ निरन्तरको प्रयत्नले फाइदा हुनेछ।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। पेटको खराबीले स्वास्थ्यमा कमजोरी देखा पर्न सक्छ। सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन्। सचेत रहनुहोला।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्लान्। दण्ड वा जरिवानामा परिने सम्भावना छ। केही मात्रामा खर्च बढ्नेछ। काममा लगानीको समय छ। छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ। तापनि, प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थानान्तरण वा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
समय उत्साहवदर््धक रहला। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पितृधन समेत लाभ होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। कृषि तथा पशुपालनमा भने सोचेको लाभ नहोला। तापनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। दाम, नाम, इनाम हात पर्ने बेला छ। श्रमको उचित मूल्यांंकन होला। पढाइमा पनि राम्रै प्रगति हुनेछ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्न अवसरले पछ्याउनेछन्। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। तत्काल ठूलो फाइदा भने उठाउन नसकिएला।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। कीर्तिमानी काम गर्ने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम पनि सजिलै बन्नेछन्।

Powered by Blogger.