Header Ads

नायक जीवनलाई पुत्री लाभ ! एक छोरा एक छोरी, दुबै बराबरी

काठमाण्डौ । नेपाली चलचित्रका चर्चित नायक जिवन लुईँटेल छोरीका पिता भएका छन् । उनकी श्रीमती अन्जली शर्माले आज बिहान ८ बजेर ४५ मिनेटमा छोरीलाई जन्म दिएकी हुन् ।

पाटन अस्पतालमा छोरीको जन्म भएपछि जीवन खुबै खुशी देखिएका छन् । छोरा भएको अठार महिना पछि दोस्रो पटक छोरीको पिता भएका जीवनले आफ्नो आधिकारी फेसबुकमार्फत खुसी व्यक्त गरेका छन् ।

 उनले छोरीको आगमनसँगै घरमा खुसीयाली आउने पनि विस्वास व्यक्त गरे । २०६४ साल बैशाख २२ गते काठमाण्डौ निवासी अञ्जली शर्मासँग प्रेम बिवाह गरेका जीवनले आमा छोरीको स्वास्थ्य सामान्य रहेको बताएका छन् ।

 पढाईको सिलसिलामा अष्ट्रेलियामा रहेकी उनकी जीवनसंगिनी अंजली अहिले नेपालमा नैं छिन् । सन् २००२ का मिस्टर नेपाल जीवनले हालसम्म करिब तिन दर्जन चलचित्रमा अभिनय गरिसकेका छन् ।
Powered by Blogger.