दुखद घटना : हेर्दाहेर्दै यसरी खरानी भयो, सिम्रिक एयरको हेलिकप्टर
नारायणप्रसाद आचार्य । हामी खासगरि भूकम्प प्रभावित क्षेत्रमा खानेपानी तथा सरसफाई सम्बन्धी गतिविधिका लागि त्यहाँ पुगेका थियौं । त्यहाँको जिम्मेवारी इन्टरनेशनल मेडिकल क्रप्सलाई दिइएको थियो । सोही अनुसार त्यहाँ केही अस्थायी शौचालय बनाउने र खानेपानीको अवस्थाबारे आइतबार र सोमबार काम गर्ने गरि हामी त्यहाँ जान लागेका थियौं ।
इन्टरनेशनल मेडिकल क्रप्सका अमन तुलाधर, विश्व श्रेष्ठ र सौरभराज क्षेत्री, चालक क्याप्टेन सुरेन्द्र पौडेल र म त्यहाँ पुगेका थियौं । त्यहाँका वासिन्दालाई केही सरसफाई सामग्री वितरण गर्ने कार्यक्रम रहेको थियो । सोही अनुसार मेरो नेतृत्वको समूह त्यहाँ गएका थियौं । आइएमसीको टोलीले मलाई काठमाडौंबाट आएर १० वजेर ५ मिनेटमा गोरखाबाट लिएर गएको थियो । गोरखा सदरमुकामको नाम्जाली डाँडा ब्यारेकबाट म चढेको थिएँ ।विचमा क्याप्टेनले हामीसँग कुरा गर्दा पछाडीपट्टिबाट केही चिज ठोक्किएको आवाज आएको बताएका थिए । आगो लाग्दै गर्दा हामीले केही गर्न सक्ने अवस्था थिएन । हेर्दाहेर्दै हेलिकप्टर जलेर पूरै ध्वस्त भयो । धन्न भाग्यले हामी बाँच्यौं । ज हामी जे गर्न भनेर त्यहाँ गएका थियौं, अब केहीदिनपछि सरसफाई सम्बन्धी त्यो कार्यक्रमलाई निरन्तरता दिनेछौं ।
-स्रोत ज्यालो अनलाइन बाट
– गोरखाका खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख आचार्यसँग किरण लोहनीले गरेको कुराकानीमा आधारित
