गोरखामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना : सबै सकुशल
गोरखा । गोरखामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ । गोरखाको सामागाउँ गाविस–९ साम्दोमा हेलिकोप्टर ल्याण्डिङ गर्न लाग्दा आगलागी भएको हो ।
भूकम्प पीडितका लागि स्वास्थ्यकर्मी लिएर साम्दो पुगेको हेलिकोप्टर दुर्घटना भएको गोरखाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) उद्धव तिमल्सिनाले जानकारी दिएका छन् ।
भूकम्प पीडितका लागि स्वास्थ्यकर्मी लिएर साम्दो पुगेको हेलिकोप्टर दुर्घटना भएको गोरखाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) उद्धव तिमल्सिनाले जानकारी दिएका छन् ।

इन्टरनेसनल मेडिकल क्रुप्स र खानेपानी तथा सरसफाइसम्बन्धी टोली लिएर हेलिकोप्टर सोमबार बिहान पौने ११ बजे साम्दोको गाउँभन्दा केही तलको चौरमा दुर्घटना भएको स्थानीयले जनाएका छन् । दुर्घटनाबाट सामान्य क्षति भएको तर सबै यात्रु सकुशल रहेका छन् ।
हेलिकोप्टर अवतरणका क्रममा ढुंगा उछिट्टिएर हेलिकोप्टरको पछिल्लो भागमा लाग्दा सामान्य क्षति भएको सिम्रिक एयरले जनाएको छ ।