सोमबार बिहानै रामेछाप केन्द्र भएर ५ रेक्टर भूकम्पको धक्का
काठमाडौं । सोमबार बिहान ५ बजेर ४२ मिनेट जादा भूकम्पको धक्का महसुस भएको छ । रामेछाप केन्द्र बिन्दु भएर ५ म्याग्न्च्यिूडको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बिहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्पकोे रामेछाप, दोलखा, नुवाकोट, रसुवा र काठमाडौं उपयत्याका पनि महसुस भएको थियो । तेस्तै आइतबार राति पनि भूकम्पको धक्का महसुस भएको थियो ।
राती १० बजेर एक मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्पको धक्का गएको थियो । दुर्इ दिनदेखि नेपाल केन्द्रविन्दु भएर भूकम्पको धक्का गएको थिएन ।
दुर्इ दिनअघि ललितपुर र दोलखा केन्द्रविन्दु भएका ४.१ र ४.२ म्याग्न्च्यिूडका भूकम्पको धक्का गएका थिए । ठूलो भूकम्पपछि साना पराकम्पन आउनु स्वभाविक भएकाले नआत्तिन तर सतर्क भने हुन बिज्ञहरुले आग्रह गरेका छन् ।
