Header Ads

फेला परे नक्कली नेपाली नोटका कारोबारी

काठमाडौं । प्रहरीले नेपाली हजार रुपैयाँका नक्कली नोटसहित महोत्तरी बलवाका रोशनकुमार यादवलाई पक्राउ गरेको छ ।

 पक्राउ गरेका यादवको साथबाट हजारका ८ थान नक्कली नोट फेला पारेको महानगरीय प्रहरी परिसर ललितपुर प्रमुख वरिष्ठ उपरीक्षक पीताम्बर अधिकारीले जानकारी दिए ।

राति ८ बजेतिर ‘रिचार्ज कार्ड’ किन्न यादवले दिएको नोट नक्कली देखेपछि पसलेले प्रहरीलाई खबर गरेका थिए । राजधानी दैनिकमा खबर छ ।
Powered by Blogger.