बर्षातमा रेनकोट लगाउन नजान्दा मोटरसाइकल दुर्घटनाको खतरा बढी
काठमाडौं, असार १२ । तपाईं पानी परेको बेला रेनकोट लगाएर मोटरसाइकल हाँक्दै हुनुहुन्छ भने ख्याल गर्नुहोस्, थोरै ध्यान दिनुभएन भने दुर्घटनामा पर्न सक्नुहुन्छ । ट्राफिक प्रहरीका अनुसार रेनकोट लगाउन नजानेकै कारण धेरै मोटरसाइकल चालक दुर्घटनामा पर्ने गरेका छन् ।
मोटरसाइकलमा दुईजना बस्दा प्रायः एउटै रेनकोट ओढ्ने गरिन्छ । दुईजनालाई मिल्ने खालको रेनकोट पाइने भएकाले पनि धेरैलाई यो तरीका सजिलो लाग्छ । यस्तै चालक मात्रै हुँदा पनि उसले मोटरसाइकलको हेडलाइट र लुकिङ ग्लास पुरै छोपेर चलाउने गर्छ । यो दुवै तरीकाले मोटरसाइकल हाँक्दा दुर्घटनाको खतरा हुने ट्राफिक प्रहरीले जनाएको छ । ललितपुरका ट्राफिक प्रहरी प्रमुख सिताराम हाछेतुका अनुसार दुईजनाले एउटै रेनकोट लगाउँदा पछिल्तिर बसेको मान्छे अलिकति चल्यो भनेपनि अघिल्तिरको चालक अनियन्त्रित हुन सक्छ र मोटरसाइकल पल्टिन सक्छ ।
यस्तै कुनै कारणले चालक थोरै अनियन्त्रित भयो भने पछिल्तिरको मान्छे झन् बढी चल्न सक्छ र दुर्घटना हुन सक्छ । एउटै रेनकोट लगाउनु भनेको मोटरसाइकलमा भएका मान्छे सँगै टाँसिनु हो । यसरी टाँसिदा कारणवश पछिल्तिर बसेको मान्छले चालकलाई ‘डिस्टर्ब’ गर्यो भने पनि दुर्घटनाको खतरा हुन्छ । ‘एउटै रेनकोट दुईजनाले ओढ्नु दुवैजनालाई एउटा डोरीले बाँध्नु जस्तै हो’ हाछेतुले भन्नुभयो । यस्तै हेडलाइट र लुकिङ ग्लास पुरै छोपिनेगरी मोटरसाइकल चलाउँदा पनि दुर्घटना हुन सक्छ ।
यसरी मोटरसाइकल चलाउँदा कारणवण पल्टियो भने चालक निस्कन सक्दैन । उ मोटरसाइकलसँगै पछारिन सक्छ । ‘मोटरसाइकल दुर्घटना हुँदा प्रायः चालक एकातिर र मोटरसाइकल अर्कोतिर हुने गर्छ, तर यसरी रेनकोटले छोप्दा मोटरसाइकल जता पुग्यो चालक पनि सँगै पुग्ने भएकाले झन् खतरा हुन सक्छ’ हाछेतुले भन्नुभयो । मोटरसाइकल चालकलार्य पानीले भिज्ला भन्ने डर भएपनि दुर्घटना होला भन्ने डर नभएकोजस्तो देखिएको हाछेतुले बताउनुभयो ।
‘एउटा रेनकोटले दुईजनालाई हुने भएकाले धेरैलाई सजिलो र सस्तो लाग्छ’ हाछेतुले भन्नुभयो, ‘तर पैसा बचाउन खोज्दा ज्यान जाने खतरा हुने भएकाले सावधानी अपनाउन जरुरी छ ।’ यस्तो खतराबारे धेरै मोटरसाइकल चालकलाई थाहा नभएकोले यसबारे ध्यान दिन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
स्रोत उज्यालोबाट तस्विर सौजन्य: सिताराम हाछेतु
..........असुरक्षित ....