Header Ads

‘सबै धर्मलाई सम्मान गर्छु’: गायिका कला राई

लुक्समा समेिटएकाे ‘संगिनीलाई सुनाऊ कि हाल यो मनको, आफैं हेरी बसूँ कि बेहाल यो मनको’ बोलको गीतले अहिले एफ.एम, टि.भी र युटुवमा चर्चा बटुलिरहेको छ । यसअघि नै ‘पान्धारे चौकी, मायाँ पो नलाई वा मरिन्छ कि’ बोलको गीतले कलालाई नेपाली संगीत क्षेत्रमा परिचान दिईसकेको छ । रेडियो नेपालले २०५७ सालमा आयोजना गरेको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा प्रथम हुँदै गायन यात्रा थालेकी कलाको यस अघि नै अफर र कला नामक एल्वम बजारमा आईसकेको छ । भोजपुरको ओख्रेमा जन्मनु भएका गायिका कला राईसँग गरिएको कुराकानीको अंशः 

तपाईको सांगीतिक क्षेत्रमा प्रवेश कसरी भयो ? 
कला राईः सांगीतिक क्षेत्रमा मेरो प्रवेश अप्रत्यशित रुपमा भएको हो । शिक्षिका बन्ने सपना लिएर कलेज गइन्थ्यो, त्यतिबेला कलेजमा हुने सांगीतिक कार्यक्रम पनि गीत गाउन तिर थालियो । त्यहि भएर पनि मलाई साच्चिकै सांगीतिक क्षेत्र तिर पो डोराएर ल्यायो ।

पान्धरे चौकी गीतकोे राम्रो चर्चा थियो । ‘लुक्स’को त अझ त्यो भन्दा धेरै चर्चा छ यो गीतमा के छ त्यस्तो ? 
कला राईः  हो... । ‘पान्धरे चौकी’ बोलको गीतको राम्रो चर्चा चलेको थियो । अहिले पछिल्लो समयमा मेरो नयाँ एल्वम ‘लुक्स’ को ‘संगिनीलाई सुनाउकी’ र ‘बुकी है फुल्यो’ बोलको गीतको राम्रो प्रतिक्रिया आइरहेको छ । यसमा भावनात्मक आधुनिक गीतदेखि लिएर नयाँ पुस्तालाई समेट्ने लोक तथा पप विधाको गीतहरु रहेका छन् । 

लुक्स नै नाम दिएर एल्बम निकाल्नु पर्ने कारण के थियो ? 
कला राईः  एल्वमको नाम ‘लुक्स’ नै रहनु म मेरो आदरनिय स्रोता अनि दर्शकहरुको नै हात रहेको छ । अग्रज अनि युवापुस्ताको सल्लाह अनुसार कला राईको लागि एल्वमको नाम ‘लुक्स’ नै राम्रो हुन्छ भन्ने सुझाव अनुसार एल्वमको नाम ‘लुक्स’ रहन गएको हो । 

यस क्षेत्रमा प्रवेशपछि के पाउनुभयो के गुमाउनुभयो ? 
कला राईः सांगीतिक क्षेत्रमा लागेर कला राईले गुमाउनुभन्दा पनि सम्पूर्ण दर्शक तथा स्रोतहरुको अपार माया पाएको छु ।तपाई यो संगीत क्षेत्रमा प्रवेश गर्नुमा प्रमुख श्रेय कस्लाई दिनुहुन्छ ?उत्तरः सांगीतिक क्षेत्रमा प्रवेशको श्रेया नेपाली गीत संगीतका मुर्धन्य अग्रजहरुलाई दिन चहान्छु । 

संगीतिक क्षेत्रको बजार अहिले कस्तो छ ? 
कला राईः  सांगितीक क्षेत्रको भविष्य राम्रो नै हुन्छ जस्तो लाग्छ । पछिल्लो समयमा राम्रो नेपाली गीत संगीतलाई पनि विदेशीहरुले मन पराउन थालेका छन् । 

कला राईको गीतहरु मध्ये कुन गीतले बढी रुवायो होला ?
कला राईः  म आफैले गाएको गीतमध्ये मलाई नै मन पर्नै गीत ‘कहिले घाम कहिले पानी...’ बोलको गीत मन पर्छ । यसको शब्द राम्रो लाग्छ । 
गीतसंगीतमा लागेर बाच्न सकिन्छ की सकिदैन ? कला राईः


कला राईः  गीत संगीतमा लागेर बाच्न सकिन्छ तर जति आम्दनी छ त्यसैमा रमाउनुपर्छ । बढी नै है..है को जिन्दागी चै गाह्रो नै हुन्छ । नेपालको गायक गायिकालाई सम्झदा क–कस्लाई सम्झनुहुन्छ ? उत्तरः नेपाली गायक गायिकालाई सम्झनु पर्दा धेरै हुनुहुन्छ । तर म नारायण गोपाल अनि अरुण लामालाई सम्झन्छु । किन की उहाँहरु नेपाली गीत संगीतमा कहिल्यै नअस्ताउने नक्षत्रहरु हुन् । 

तपाईलाई मनपर्नै गीत कुनै छ जसले जिवनसँग मेल खानसक्छ ? 
कला राईः मलाई तारादेवीको ‘सोचे जस्तो हुन्न जिवन’ बोलको गीत मनपर्छ । यो गीत सबैको जिवनसँग मेल खान्छ । फुर्सदको समयमा कसरी दिनहरु विताउनुहुन्छ ?उत्तरः फुर्सदको समयमा म केहि गीत गजलहरु कोर्ने गर्छु साथै मन्दिर पनि जाने गर्छु । 

मनपर्ने ठाउँ सम्झनु पर्दा कुन ठाउँ बढि सम्झनु हुन्छ ? 
कला राईः  मलाई मन पर्ने ठाउँ इलाम हो । जस्ले देश र विदेशसम्मका नागारिकलाई आकर्षण गरिरहेको छ । 

सबैले धर्मको बारेमा फरक–फरक धारण ब्यक्त गर्छन् ? तपाईको विचारमा धर्म के हो जस्तो लाग्छ ? 
कला राईः  धर्म कसैको पेवा हुदैन । सबै धर्मको एउटै मुल मन्त्र हुन्छ । त्यसैले म सबै धर्मलाई सम्मान गर्छु ।
लुक्सपछि अव स्रोतले नयाँ एल्वमको अपेक्षा गर्छन् की गर्देनन् होला ? गर्छन् भने के छ अवको योजना ? 

कला राईः बैशाख १२ गतेको भूकम्पको कारण मैले त्यस्तो काम अगडि बढाउन सकिरहेको छुइन । म्यूजिक भिडियोको काम भइरहेको पनि त्यसलाई स्थगन गरेर बसेको छु । मेरो योजना भनेको नै गीतसंगीत र भिसिडि दर्शक स्रोत सम्म पुर्याउनु हो ।

कला राई बढि सामाजिक सञ्जालमा देखिन्छ त्यहि भएर पनि चर्चामा आएको हो भन्ने श्रोताहरुको आरोप छ नी ? 
कला राईः  बढी सामाजिक सन्जालमा रहेर मात्र हुन्न, विषय बस्तुसँग रहन सक्नुपर्छ । 

अन्तमा केहि छ भन्नु ? 
कला राईः  अन्त्यमा मेरो सम्पूर्ण दर्शक तथा स्रोताहरुलाई सम्झना चहान्छु । जसले कला राईलाई हरतहबाट सहयोग गर्नु भएको छ, साथमा सबै सञ्चारमाध्यमहरुलाई पनि सहयोगको लागि धन्यवाद भन्न चहान्छु । अनि खबरसंसार डट कमका सम्पूर्ण टिमलार्ई धन्यवाद । नेपाली गीत संगीतलाई माया गरौ भन्न चहान्छु ।
खबरसंसार डट कम बाट साभार !
Powered by Blogger.