Header Ads

नेपाली क्रिकेट टिम मंगलबार ईंग्ल्याण्ड जाने

काठमाडौं, असार ८ । ट्वेन्टी–ट्वेन्टी विश्वकप छनोट प्रतियोगिता र विश्व क्रिकेट लिग प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय टोली मंगलबार ईंग्ल्याण्ड जाने भएको छ ।

आगामी जुलाई ६ देखि २६ तारिखसम्म आयरल्याण्ड र स्कटल्याण्डमा हुने ट्वेन्टी–ट्वेन्टी विश्वकपको छनोट प्रतियोगिता र जुलाई २९ र ३१ मा स्कटल्याण्डमा हुने विश्व लिग प्रतियोगितामा नेपालले भाग लिने छ ।

प्रतियोगिताका लागि अभ्यास गर्न साथै प्रशिक्षणका लागि नेपाली टोली मंगलबार इंग्ल्याण्ड र नेदरल्याण्डको भ्रमणमा जान लागेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
Powered by Blogger.