Header Ads

विम्बल्डन टेनिसमा जोकोविच र विलियम्सको विजयी सुरुवात

विश्व नम्बर एक नोभाक जोकोविचले विम्बल्डन टेनिस प्रतियोगितामा बिजयी सुरुवात गरेका छन् । सोमबार बेलुका भएको पहिलो चरणको खेलमा सविर्याका जोकोविचले जर्मनीका फिलिप कोह्ल्श्राइबरलाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन् ।

डिफेन्डिङ च्याम्पियन जोकोविचले कोह्ल्श्राइबरलाई ६–४, ६–४, ६–४ को सोझो सेटमा पराजित गरेका हुन् । जोकोविच फ्रेन्च ओपनको फाइनलमा स्टानिस्लास वावरिन्कासँग पराजित भएका थिए ।

यसैबीच महिला एकल तर्फ विश्व नम्बर एक सेरेना विलियम्सले पनि बिजयी सुरुवात गरेकी छन् । सोमबार राति भएको खेलमा सेरेनाले मारगरिटा ग्यासपारियनलाई पराजित गरेकी हुन् ।

 पाँच पटककी च्याम्पियन विलियम्सले पहिलो पटक विम्बल्डन टेनिसका सहभागिता जनाएकी ग्यासपारियनलाई ६–४, ६–१ को सेटमा पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएकी हुन् ।

 यो वर्ष अस्ट्रेलियन ओपन र फ्रेन्च ओपनको उपाधि जितेकी विलियम्सलाई विम्बल्डनमा पनि महिला एकलको बलियो दाबेदारको रुपमा हेरिएको छ । – एजेन्सीको सहयोगमा
Powered by Blogger.