सरकारले औषधिको खुद्रा मुल्य निर्धारण यसरी गर्दै
काठमाडौं, असार ९ । सरकारले औषधिको खुद्रा मुल्य निर्धारण गर्ने तयारी गरेको छ । एउटै औषधिको मूल्य कम्पनीअनुसार फरक–फरक पर्ने समस्या समाधान गर्न खुद्रा मूल्य तोक्न लागिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा ९६ वटा औषधिको खुद्रा मूल्य निर्धारण तयारी गरेको छ । क्यान्सर, ब्लडप्रेसर, मधुमेह, ग्यास्टिक, मानसिक समस्या, आकस्मिक गर्भनिरोधका लागि प्रयोग हुनेदेखि साधारण रुघाखोकीसम्मका औषधि छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीको अध्यक्षतामा रहेको औषधि परामर्श परिषद्को मंगलबार बसेको बैठकले तत्काल कार्यविधि निर्धारण गरी औषधिको मूल्य कार्यान्वयनमा ल्याउने निर्णय गरेकोम छ ।
कार्यविधि बनेपछि सरोकारवाला मन्त्रालयसँ छलफल गरी मूल्यको मस्यौदालाई अन्तिम रुप दिने भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।