Header Ads

आफ्नै आमालाई कुटपिट बलात्कार गर्ने एक व्यक्ति पक्राउ

भारत उत्तरप्रदेशको महानगर, वातवा इलाकामा आफ्नै ६० वर्षीय आमालाई बलात्कार गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

घटनाको अनुसन्धान गरिरहेका वातवा चौकी प्रहरी निरीक्षक पीबी राणाका अनुसार ‘प्रहरीले आज २९ वर्षीय एक व्यक्तिलाई उसकै घरबाट ६० वर्षीय आमालाई बलात्कार गरेको आरोपमा गिरफ्तार गरेको हो ।’

प्रहरी अधिकारीले भनेका छन् कि आरोपीले अध्यारोमा आफ्नै आमालाई बलात्कार गरेका थिए । उनका अनुसार पीडित र पीडक परिवार उत्तरप्रदेशको कानपुर गाउँमा बस्दै आएका छन् ।

शनिवार राति आरोपीले आफ्नी आमालाई कुटपिट गरेर जबरजस्ती बलात्कार गरेका थिए र घटनाबारे कसैलाई बताए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिए ।
Powered by Blogger.