Header Ads

प्रशिक्षक पुबुदुको कार्यकाल छ महिना थपियो

काठमाडौं । नेपाल क्रिकेट स‌ंघ क्यानले राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेको कार्यकाल करिब ६ महिना थपेको छ ।

यससँगै आगामी डिसेम्बर ३१ सम्म उनको कार्यकाल लम्बिएको छ । नेपाली टोली आईसीसी विश्वकप टिट्वान्टी छनोट र त्यसअघिका अन्य केही खेलका लागि युरोप प्रस्थान गर्नु अघि दासानायकेले म‌ंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

अघिल्लो पटक थपिएको एक वर्षे कार्यकाल जुलाई १५ मा सकिएको थियो । प्रशिक्षकको जिम्मेवारी सम्हालेयता नेपाललाई महत्वपूर्ण उपलब्धि दिलाएका दासानायके नेपाललाई दोस्रो पटक ट्वान्टी-ट्वान्टी विश्कपमा छनोट गराउने अभियानमा छन् ।

 उनी श्रीलंकन मूलका क्यानेडियन नागरिक हुन् ।
Powered by Blogger.