गायक सुर्य रुम्वाको दोस्रो एल्बम लक’ बजारमा
काठमाडौं । मकवानपुरे युवा गायक सूर्य रुम्बाको दोस्रो एकल गितीएल्बम ‘लक’ बजारमा आएको छ ।विगत सात वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय रहँदै आउनु भएका गायक रुम्बाले २०६६ मा पहिलो एल्बम ‘नाम’ बजारमा ल्याउनु भएको थियो ।

२०६५ सालमा ललितकला क्याम्पसबाट संगीतमा स्नातकतह उत्तिर्ण गर्नु भएका रुम्वाले आफ्नो दोस्रो एल्बममा समावेश गरीएका गीतले अझ उचाई थपिने बिश्वास गर्नु भएको छ । गत शनिबार काठमाण्डौमा एक कार्यक्रमका वीच गायिका संगीता राणाले विमोचन गर्नु भएको एल्बममा बिभिन्न प्रकारका ६ वटा गीतहरु समावेश गरिएका छन ।
एल्बममा गायक रुम्बाको आफ्नै शब्द संगीतमा छ वटा गीत समावेश गरिएको छ । एशियन म्यूजिकले बजारमा ल्याएको यो एल्बममा महाभूकम्पको पीडालाई बिर्साउने शैलीको एक युगमा एक दिन बोलको गीत समेत समावेस छ ।
एल्बमका सबै गीतहरुलाई संगीतकर्मीहरु प्रतीक थापा, आमोश तामाड्ड, बिनय केटु, साशस शाक्यले म्युजिक एरेन्ज गरेका छन् । एल्बममा समावेश गीतका छवटै गीतको भिडियोसमेत सार्वजनिक गरिएको थियो ।
