Header Ads

धुर्मुसको टोलीले यसरी बनायो पिपलडाँडा दलित बस्तीमा शौचालय

काठमाडौं । स्क्रिनको पर्दामा उखान टुक्का जोडेर दर्शक हसाउँन सिपालु कलाकार सीताराम कट्टेल धुर्मुसको दैनिकी भूकम्पसँगै फेरिएको छ । सरकारको सफाइ दूतसमेत रहेका धुर्मुस कलाकार पत्नी कुन्जना घिमिरे सुन्तली र अन्य कलाकार लिएर दिनरात कुदिरहेका छन् ।

 भूकम्पले देश शोकमा डुबेका बेला मेरी बास्सैका धुर्मुस दर्शक हसाउँन होइन, रोइरहेका दर्शकको घाउमा मलहम लगाउन दौडिरहेका हुन् ।

 धुर्मुस अर्काे हाँस्य टेलिफिल्म भद्रगोल र सुगन डटकमको साथ पाएर भूकम्पपीडितलाई राहत र शौचालय बनाउन दौडिरहेका छन् । उनीहरु सिन्धुपाल्चोकको पिपलडाँडा पुग्दा भूकम्पले सर्बस्व गुमाएका रघुबीर नेपाली र पत्नी थलीमायाको अनुहारमा चमक देखियो ।
हेर्नुहोस तलको भिडियो रिपोर्ट : अन्नपूर्ण पोस्टको युट्युब बाट आफू समानका दुई छोराबाट हेलाका पात्र बनेका यी बाबुआमाले धुर्मुसको टोलीलाई देखेपछि राहतको शास फेरे । तर, भुइँचालोपछि चिरिएको उनीहरुको झुपडी बस्ती पहिरोले निल्ने त्रास दिनदिनै बढिरहेको छ । पटक पटकको भूकम्पले दुईचिरा बनेको पिपलडाँडामा वर्षा नलाग्दै सुख्खा पहिरो झरिरहेको छ । ठूला दुई भुइँचालापछि धर्ती हल्लिन रोकिएको छैन । भुइचालोको थर्काइसँगै उनी पनि दौडधुप गरिरहेका छन् ।

पछिल्लो पटक उनी आफ्ना सहयात्रीसहित सिन्धुपाल्चोकको पिपलडाँडा नगरपालिका–१ को दलित बस्तीमा पुगे । भूकम्पले चिराचिरा परेको बस्तीमा बसेर उनको टोलीले भूकम्पपीडितहरुको घाउमा मलहम लाउने प्रयास ग¥यो । पिपलडाँडाको दलित समुदायको बस्ती र अन्य दुई बस्तीमा तीन दिन लगाएर धुर्मुसको टोलीले १० वटा पक्की शौचालय बनायो ।
Powered by Blogger.