Header Ads

राहतको नाममा सोझा नेपालीलाई क्रिस्चियन बनाउने समूह सक्रिय


काठमाडौं । भूकम्पपीडितका लागि सहयोग गर्न आएका संघसंस्थाले राहत वितरणसँगै क्रिस्चियन धर्मको प्रचारका लागि बाइबलसमेत बाँड्न थालेको पाइएको छ । उनीहरुले भूकम्पपीडितहरुमध्ये पनि क्रिस्चियन धर्ममान्नेलाई मात्रै राहत दिने र अन्य पीडित पनि क्रिस्चियन बने सहयोग गर्न प्रलोभन देखाउँदै आएका छन् ।
उनीहरुले राहत वितरणका लागि आफनो मान्छे र क्रिस्चियन धर्म मान्ने समुदायको खोजिका लागि आफूहहरुरुले काम गर्दैै आएको कार्यक्षेत्रमा मात्र राहत वितरण गर्न पाउनु पर्ने माग समेत गरेका छन ।

– यस्तो समूहले क्रिस्चियन बने थप सहयोग गर्ने आशा देखाउँछन्
– क्रिस्चियनका संस्थाले हिन्दुलाई राहत दिदैनन्
– हिन्दूको मन्दिरमा बाइबल छाडेर के गर्न खोज्दैछन् यीनीहरु ?

सिन्धुली जिल्लामा राहत वितरणका लागि आएको मकवानपुरको अनुग्रह सेवा नेपालले राहतसँगै बाइबल वितरण गरेको र उसले क्रिस्चियनलाई मात्र राहत वितरण गर्न पाउनु पर्ने माग गरेको आरोयप लागेको छ ।
संस्थाले जिल्लाको पोखररी गाविमास राहत वितरण गर्दा क्रिस्चियन समुदायलाई मात्रै वितरण गर्न माग गरेको र राहतसँगै बाइबल तथा क्रिस्चियन धर्मको प्रचारप्रसार गरेको नेपाली कांंग्रेस सिन्धुली क्षेत्र नम्बर दुईका सभापति कृष्ण दाहालले जानकारी दिए ।

सहयोगका नाममा आएका क्रिस्चियनहरुको समूहले मठमन्दिरमा बाइबल छाड्ने र प्रभाव पार्ने काम समेत गर्न थालेको पनि स्थानीयको भनाइ छ । सिन्धुलीको कमलामाई नगरपालिका ४ स्थित हिन्दू धर्मावलम्बीहरुको प्रशिद्ध शक्तिपीठ कालीकामाई मन्दिर परिसरमा बाइबल छाडेको पाइएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
Powered by Blogger.