Header Ads

भूकम्पको जोखिम यसरी कम हुँदै ...

काठमाडौं, जेठ ९ । पछिल्लो हप्ता पराकम्पनको संख्या निकै कम हुदै गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले वैशाख १२ गतेको विनाशकाकारी भूकम्पयता नियमित रुपमा राख्दौ आएको अभिलेखअनुसार गत आइतबारपछि पराकम्पनमा कमी आउँदै गएको पाइएको छ ।

अधिल्लो शनिबार नौवटा पराकम्पन मापन गरिएकोमा आइतबार तीनवटा मात्रै महसुस भयो । आइतबारपछि मापन गरिएका अधिकांश पराकम्पन पनि ४ देखि ५ रिक्टर स्केलभित्रका मात्रै छन् ।

 यसबीचमा आइतबार रामेछापलाई केन्द्रबिन्दु बनाएर आएको ४ दशमवल ६ रिक्टर स्केलको पराकम्पनबाहेक अन्य सबै ४ दशमवल ५ रिक्टरस्केलभन्दा मुनिका छन् । भूकम्पीय जोखिमको शिसाबले यस्ता पराकम्पले त्यति क्षति नपुर्याउँने केन्द्रका प्रमुख लोकविजय अधिकारी बताउँछन् ।

– पराकम्पन दिउँसो २ देखि ३ बजेसम्म बढी
–सिन्धुपाल्चोकमा सबैभन्दा बढी ७९ र दोलखामा ७७ वटा पराकम्पन
–काठमाडौं  केन्द्रविन्दु भएका ८ वटा


केन्द्रले आइबारपछि अहिलेसम्म जम्मा १५ वटा पराकम्पन मापन गरेको छ । गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि त्यसै दिन मात्रै ३८ वटा पराकम्पन गएका थिए । उक्त दिनका अधिककांश पराकम्पन गत आइतबारपछि भन्दा निकै शक्तिशाली थिए । –गोरखापत्र दैनिकमा खबर छ ।
Powered by Blogger.