Header Ads

पुननिर्माण कार्य नभएकाले १७ जेठमा विद्यालय सुरु गर्न कठिन

सिन्धुपाल्चोक । सरकारले भूकम्पप्रभावित जिल्लाका विद्यालय १७ जेठबाट सञ्चालन गर्ने घोषणा गरे पनि कार्यान्वयन हुने देखिएको छैन । भूकम्पबाट ध्वस्त विद्यालयका संरचना निर्माण नभएकोले ग्रामिण भेगका विद्यालयमा बढाउने व्यवस्था नै छैन ।

 विद्यालय सञ्चालनको सुरसार नै देखिएको छैन । भीमटार गाविसस्थित बोरेगाउँमा रहेको सेतीदेवी माध्यमिक विद्यालयका अध्यक्ष रामजी माझीले भत्किएका विद्यालयको पुननिर्माण कार्य नभएकाले १७ जेठबाट पढाई हुन नसक्ने बताए ।

 शिक्षा मन्त्रालयले अस्थायी कक्षा कोठा निर्माण गरेर भए पनि विद्यालय सञ्चालन गर्न निर्देशन दिएको हो । ग्रामीण भेगका विद्यालय सञ्चालनका लागि अस्थायी कोठा बनाउने तयरी नै भएको छैन । उनले अहिलेकै अवस्थामा विद्यार्थिलाई कक्षा कोठामा राखेर पढाउन नसकिने उल्लेख गरे ।

बोरेगाउँ बस्ती नै भूकम्पका कारण ध्वस्त भएकाले विद्यार्थी विद्यालयमा आएर बढ्ने अवस्था नै छैन । अध्यक्ष माझीले अझै पराकम्पन आइरेहेकोले विद्यार्थी डराइरहेको सौर्य दैनिकमा खबर छ
Powered by Blogger.