पक्राउ परेसँगै सिके राउतको पुत्ला जल्यो, कडा कारबाहीको माग - डिएसपी शर्मा भन्छन् : कारबाही गरेरै छाड्छु
सुनसरी । नेपालको राष्ट्रिय अखण्डता बिरुद्ध बिभिन्न बिवादस्पद अभिब्यक्ति दिएको अभियोगमा प्रहरीबाट समातिदै छाडिदै आएका र मंगलबार पुनः पक्राउ परेका सिके राउतलाई कडा कारबाहीको माग गर्दै यहाँका बिभिन्न बिद्यार्थी संगठनहरुले साँझ उनको पूत्ला समेत जलाएका छन् ।
मंगलबार अपराहन्ह इटहरीबाट प्रसारित एरीना टेलिभिजनमा बिशेष टक सो प्रस्तुत गर्न आएका राउतलाई इलाका प्रहरी कार्यालय इटहरीले एरिना कार्यालय परिषरबाटै पक्राउ गरेको थियो ।
नेपाली आमालाई सामाजिक सञ्जाल फेसबुक मार्फत अपशब्द बोल्दै आएका र राज्यले समेत सोझै राजद्रोह घोषित गरीसकेको ब्याक्तिलाई प्रहरीले समातेर कार्वाही गर्न नसकेको भन्दै बिभिन्न बिद्यार्थि संगठनहरुले राउतको पूत्ला जलाएका हुन् ।मंगलबार अपराहन्ह इटहरीबाट प्रसारित एरीना टेलिभिजनमा बिशेष टक सो प्रस्तुत गर्न आएका राउतलाई इलाका प्रहरी कार्यालय इटहरीले एरिना कार्यालय परिषरबाटै पक्राउ गरेको थियो ।
इटहरीको इलाका प्रहरी कार्यालयमा पूत्ला बोकेर भेला भएका बिद्यार्थी संगठनहरुले इटहरीकै मुख्य चोकमा बिभिन्न नारावाजीहरु गर्दे पूत्ला दहन गरेका हुन् । पूत्ला दहन पश्चात बोल्दै बिद्यार्थी नेतृहरुले इटहरीबाट प्रसारण हुने एरिना टेलिभिजन बिरुद्ध आन्दोलनको चेतावनी समेत दिएका छन ।
राष्ट्रिय अखण्डता बिरुद्ध आच आउने खालको अभिब्यक्ती दिँदै हिड्ने र राज्यले समेत देशद्रोही घोषणा गरीसकेको राउत जस्ता ब्यक्तिलाई कार्यालयमा बोलाएर बिशेष टक सो प्रसारण गर्न खोज्ने टेलिभिजनलाई कारबाही गर्नुपर्ने विद्यार्थीहरुको माग छ ।
बिद्यार्थि संगठनहरुले मंगलबार साँझ प्रेस बिज्ञप्ती जारी गर्दै प्रहरी नियन्त्रणमा रहेका सिके राउतलाई कडा भन्दा कडा कार्वाही र टेलिभिजनमाथि खेद ब्यक्त गरेका छन् । उक्त प्रेस बिज्ञप्तिमा राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठन नेपालबाट युवा नेता बिकल रेग्मी , अखिल क्रान्तिकारी बाट निराजन ओझा , अनेरास्ववियुबाट एकराज दाहाल र नेबिसंघबाट मन्दिप भट्टराईले हस्ताक्षर गरेका छन् ।
यसैबीच सिके राउतलाई हदै सम्मको कार्वाही गरेरै छाड्ने इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी बिनोदकुमार शर्माले बताएका छन् ।
