शिवम् सिमेन्टले चार गाउँलाई उच्च जोखिममा धकेल्दै
काठमाडौं । मकवानपुरको हटियास्थित शिवम् सिमेन्ट उद्योगका कारण स्थानीय चार गाविसका सर्वसाधारण उच्च जोखिममा परेका छन्। उनीहरू विस्थापित हुने अवस्थामा पुगेको संसद्को एक समितिले प्रतिवेदनमा उल्लेख गरेको छ।
मकवानपुरका सुकौरा, गढी, बुढीचौर र आमभन्ज्याङ गाविसका सर्वसाधारण उक्त उद्योगको खानीका कारण उच्च जोखिममा छन्। संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको उद्योग उपसमितिले गरेको स्थलगत अध्ययनपछि तयार पारिएको प्रतिवेदनले शिवम् सिमेन्ट उद्योगले सञ्चालन गरेको खानीसाथै त्यहाँबाट उत्सर्जन हुने विभिन्न हानिकारक तत्त्वबाट स्थानीय बासिन्दा उच्च जोखिममा रहेको उल्लेख गरेको छ।
'चार गाविसका करिब ४० हजारभन्दा बढी घरपरिबार जोखिममा मात्रै होइन, विस्थापित हुने अवस्थामा पुगेका छन्', समितिअन्तर्गतको आपूर्ति तथा उपभोक्ता हित उपसमितिका सभापति सुभासचन्द शाह ठकुरीले अन्नपूर्ण पोस्ट्सँग भने, 'शिवम् सिमेन्टले सञ्चालन गरेको खानीका कारण वरिपरिका गाविसका बासिन्दाको अवस्था दयनीय भेटिएको छ।'मकवानपुरका सुकौरा, गढी, बुढीचौर र आमभन्ज्याङ गाविसका सर्वसाधारण उक्त उद्योगको खानीका कारण उच्च जोखिममा छन्। संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको उद्योग उपसमितिले गरेको स्थलगत अध्ययनपछि तयार पारिएको प्रतिवेदनले शिवम् सिमेन्ट उद्योगले सञ्चालन गरेको खानीसाथै त्यहाँबाट उत्सर्जन हुने विभिन्न हानिकारक तत्त्वबाट स्थानीय बासिन्दा उच्च जोखिममा रहेको उल्लेख गरेको छ।

उनका अनुसार स्थानीय बासिन्दाको गुनासोका आधारमा उक्त क्षेत्रको स्थलगत अध्ययन गरिएको थियो। उनका अनुसार उद्योगबाट निस्कने धुवाँ र काम नलाग्ने फोहोरजन्य धुलोका कारण बन, जंगली जनावर, वातावरण, खानेपानी, कृषि, मानव स्वास्थ्य, नदी र नदीमा रहने जीवजन्तु, पर्यावरणलगायत क्षेत्रमा प्रतिकूल असर पारेको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
