सलाम छ यी घरबेटी बालाई - एक महिनाको घर भाडावापतको रकम मिनाहा
काठमाडौं, जेठ १३ । काठमाडौं, बौद्दका दुर्गानाथ दाहालको घरमा ६ परिवार बहालमा बस्छन् । घर बहालबापत दाहालले मासिक ४० हजार रुपैयाँ आम्दानी गर्छन् ।
तर, विनाशकारी भूकम्पपछि दाहालले आफ्नो घरमा बस्ने सबै परिवारको वैशाख महिनाको घर भाडावापतको रकम मिनाहा गरेका छन् । ‘भूकम्पका कारण सबैजना त्रिपालमा आएका समयमा मैले कसरी उनीहरुसँग भाडा लिन सक्छु,’ दाहालले भने,‘यस्तो विपत्तिको समयमा उहाँहरुलाई त्यो रकमले धेरै फाइदा गर्न सक्छ ।
त्यसकारण मनैदेखि सहयोग गर्ने भाडा नलिने निर्णय गरेको हुँ ।’
काठमाडौं मनमैजुकी भवानी खतिवडाले पनि आफ्नो घरमा बस्दै आएका पाँच परिवारको एक महिनाको घरभाडा पूर्णरुपमा छुट दिएकी छन् ।तर, विनाशकारी भूकम्पपछि दाहालले आफ्नो घरमा बस्ने सबै परिवारको वैशाख महिनाको घर भाडावापतको रकम मिनाहा गरेका छन् । ‘भूकम्पका कारण सबैजना त्रिपालमा आएका समयमा मैले कसरी उनीहरुसँग भाडा लिन सक्छु,’ दाहालले भने,‘यस्तो विपत्तिको समयमा उहाँहरुलाई त्यो रकमले धेरै फाइदा गर्न सक्छ ।
भन्छिन्,‘पैसाभन्दा ठूलो कुरा मन हो । भूकम्पले सबै जनाको ज्यान पनि जान सक्थ्यो । त्यसैले आफ्नो तर्फबाट सक्ने सहयोग गर्छु भनेर भित्र आत्मादेखि नै भाडा नलिने निर्णयमा पुगेकी हुँ ।’
उनले आफूजस्तै अरुले पनि बहालमा बस्ने परिवारका भाडा मिनाहा गर्न आग्रह गरिन् । आजको नागरिक दैनिकमा खबर छ ।
