आइपीएल क्रिकेटको उपाधी दोश्रो पटक मुम्बईलाई
काठमाडौं । इंडियन प्रिमियर लिग आइपिएल क्रिकेटको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । आइतबार राती भएको फाइनल खेलमा चेन्नई सुपर किंग्सलाई पराजित गर्दै मुम्बईले दोश्रो पटक उपाधी जितेको हो ।
कोलकताको इडन गार्डेनमा भएको फाइनल खेलमा मुम्बईले ४१ रनको सहज जित हात पार्यो । मुम्बईले दिएको २ सय ३ रनको विजयी लक्ष्य पछ्याएको चेन्नइले निर्धारीत २० ओभरमा ८ विकेट गुमाएर मात्र १ सय ६१ रन बनाउन सक्यो ।
चेन्नइका लागि डोयन स्मिथथले ५७, सुरेश रैनाले २८ र मोहीत शर्माले २१ रन बनाउन बाहेक अन्य कुनै ब्याट्सम्यानले उल्लेख्य पदर्शन गर्न सकेनन् । मुम्बईको जितमा मिचेल म्यागघलनले ३ तथा लासिथ मालिङ्गा र हरभजन सिंहले समान २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले लेण्डन सिमन्स र कप्तान रोहित शर्माको उत्कृष्ट ब्याटिङको मदतमा २ सय २ रनको विसाल योगफल तयार पारेको थियो । मुम्बईका लागि लेण्डन सिमन्सले ६८, रोहित शर्माले ५० तथा किरन पोलार्ड र अम्बति राइडुले समान ३६ रन बनाएका थिए ।
चेन्नईका डोयन ब्राभोले २ विकेट लिए । प्रतियोगिताको समुह चरणमा शीर्ष स्थानमा रहँदै प्लेअफ खेलेको चेन्नई प्ले अफको पहिलो खेलमा पनि मुम्बईसँग पराजित भएको थियो ।
प्रतियोगितामा २६ विकेट लिएको चेन्नईका डोयन ब्राभोले पर्पल क्याप र ४ सय ६२ रन बनाएका हैदरावादका डेविड वार्नरले ओरेन्ज क्याप प्राप्त गरे । ८ टोलीको सहभागिता रहेको प्रतियोगिता झण्डै २ महिना चलेको थियो ।