Header Ads

१६ घण्टासम्म थुनिएको कालीगण्डकी नदी पहिरोबाट ओभर फ्लो भएर यसरी बग्यो - भिडियो

फोटो :पहिरोमाथिबाट बग्न थालेपछि कालीगण्डकीमा आएको बाढी । तस्बिर : विष्णु शर्माको फेसबुकबा


काठमाडौं । १६ घण्टासम्म थुनिएको कालीगण्डकी नदी पहिरोबाट ओभर फ्लो भएर बग्न थालेपछि बाढी आएको छ । आइतबार साँझ सबा ५ बजेबाट ओभर फ्लो भएर कालीगण्डकी बग्न थालेपछि किनार आसपासका बासिन्दा त्रसित छन् ।

म्याग्दीको राम्चे गाविस–९ फेदीमा चट्टानी पहाड खसेर झरेको भीषण सुख्खा पहिरोले भगवती-२ स्थित बैंसेरीमा थुनिएको कालीगण्डकी खुलेपछि ठूलो बाढी आएको हो ।

नदी थुनिँदा घर छाडेर हिँडेका मानिस बाढी आएपछि झनै त्रसित भएका छन् । नदी थुनिएपछि स्थानीय प्रशासन र प्रहरीले माइकिङ गरेर खतराको सूचनासहित सचेत गराएका थिए ।


Video kalagandaki
Posted by बेनीअनलाइन - Benionline.com.np News on Sunday, May 24, 2015
कालीगन्डकी आसपासका नौ जिल्लामा उच्त सतर्कतामा राखिएको थियो। प्रभावित हुने जिल्लामा म्याग्दी, पर्वत, बाग्लुङ, गुल्मी, तनहुँ, स्याङ्जा, पाल्पा, नवलपरासी, मुस्ताङ रहेका थिए।

नेपाल प्रहरीका अनुसार कालिगण्डकी थुनिदा १५० मिटर गहिराई, १ किमि लम्बाई र एक सय मिटर चौडाई भूभाग पानीले डुबेको थियो ।

नदी खुलाउनका लागि नेपाली सेना,प्रहरीसहितको टोली हेलिकोप्टरबाट घटनास्थलमा पुगेका थिए । तर लगातारको पहिरो र धुलोले सेनाको टोलीले काम थाल्न सकेको थिएन ।

राती एक बजे ठुलो चट्टानी पहाड खसेर कालिगण्डकी पूर्णरुपमा थुनिएको प्रहरी नायब उपरीक्षक हिरा गिरीले जानकारी दिएका थिए । बैंसरीमा ठुलो ताल बनाएको पहिरोले बैंसरी र फेदीका २६ घर पुरै पुरिएको छ ।

मध्यरातीदेखि कालीगण्डकी थुनिएपछि बाँध फुटेर बाढी आउन सक्ने खतरा बढेपछि बेनीबजार, गलेश्वरबजार, पर्वतको बगरफाँट, पर्वत बेनी लगायतका स्थानमा सर्वसाधारणले रातिदेखि नै बजार छाडेका छन् ।
 
कालिगण्डकी खुलेपछि बैसरी माथिका बेगखोला, तिप्ल्याङ, महभीर, भिरकाटे, पोखरेबगर, भुरुङतातोपानी, दाना लगायतका स्थानमा डुवानको खतरा टरेको छ । राती ठुलो आवाज आउने गरी पहिरो खसेर कालिगण्डकी नदी थुनिएपछि त्यसवरपरका सर्वसाधारणमा भागदौड मच्चिएको थियो ।
Powered by Blogger.