कतारमा यम बहादुर घर्तीको मृत्यु
तेजेन्द्र गैरे, दोहा । बाग्लुङ जिल्ला हरीचौर गावीस वडा नं २ का यम बहादुर घर्तीको अप्रैली २४ का दिन ह्रदयघातको (सुतेको सुतै अवस्था) कारण मृत्यु भएको छ । ३९ वर्षीय घर्ती रोजगारीको शिलशिलामा कतारको एम.टी.सी कम्पनीमा बिगत ४ वर्ष देखी काम गर्दै आईरहेका थिए ।
उक्त दीन दीनको काम सकाएर साँझको खाना खाई साथिहरू सँगै फिल्म हेरी करीब १० बजे सुतेका घर्ती बिहान ५ वजे तिर साथिहरूले काममा जानको लागी उठाउन खोज्दा नउठेपछी तत्काल एम्बुलेन्स लाई खवर गरीएको तर उनले एक, आधा घण्टा पहिले नै प्राण त्याग गरिसकेको उपचारमा आएका डाक्टरले बताएको कुरा उनका साथि दिपक पाण्डेयले जानकारी गराए । घर्तीको कतारको हमाद अस्पतालले पोष्टमाट्रनको रिपोर्टमा मुटु केही समय निश्कृय रहेको सोहि समयमा घटना भयको भन्ने कुरा फोन मार्फत सोही कम्पनीमा काम गर्ने नेत्र पाण्डेयले फोन मार्फत जानकारी गराए ।
उनको शव नेपाल पठाउनको लागी आवश्यक कागजात पुरा भएको र भोली दिउसो नेपाल पठाउन लागेको कुरा सोधपुछको लागी पुग्नु भयका बाग्लुंग सेवा समाज दोहा कतारका सल्लाहाकार बालसींह परियारलाई दुतावसले जानकारी गराएको छ । घरमा नाबालक छोरा , छोरी र श्रीमती रहेका छन् । कतारको परिवेशममा हेर्दा नेपालीहरू अकालमा मर्नुमा सुतेको सुतै अवस्था मृत्यु हुने र सडक दुर्घटना मुख्य कारण रहेका छन् ।
सुतेको सुतै अवस्थामा मृत्यु हुनेहरूको प्रकृति हेर्दा प्राय एकै प्रकारको देखीएको छ ।यस्तो हुनुको पछाडी कुन र के कारणले हो भन्नेमा नत कतारको निकायले नै बुझाउने प्रयास गरेको छ ,नत नेपालको सम्बन्धीत पक्षले बुझ्ने प्रयास नै गरेका छन् ।
नेपाली राजदूतावासले यस्ता प्रकारका मृत्युको कारण र अपनाउनु पर्ने सावधानी कतारको संम्बन्धीत पक्षबाट बुझी जन मानसमा पुर्याउन सके केही मात्रामा अकालमा ज्यान गुमाउने हरूको संख्यामा कमी आउने थियो की ?