उद्दारमा आएका विदेशीलाई बिदा गर्ने तीन दलको निर्णय
काठमाडौं,वैशाख २२ । प्रमुख तीन दलको सोमबार बसेको बैठकले उद्दारमा सहयोग गर्ने मित्रराष्ट्रहरुलाई धन्यवाद दिँदै उद्दार कार्यबाट बिदा दिने निर्णय गरेको छ ।
सैन्य जनशक्तिमार्फत उद्दारमा संलग्न मित्र राष्ट्रहरुलाई स्वास्थ्यलगायत अन्य क्षेत्रमा सहयोग जारी राख्न अनुरोध गर्ने निर्णय उनीहरुले गरेका छन् ।
‘उद्दारको काम करिब करिब अन्तिम अवस्थामा पुगेकाले मित्रराष्ट्रहरुले पठाएको सैन्य सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै बिदाइ गर्ने निर्णय गरिएको छ,’ एमाले अध्यक्ष बरालले भने ।
तीन दलले महाभूकम्पपछि पुनर्निमाणको कार्ययोजना ल्याउन सरकारलाई आग्रह गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।