राजधानीका १० वटा अपार्टमेन्टमा ठूलो क्षति, एउटमा बस्नै नमिल्ने
काठमाडौं,वैशाख २३ । एक सरकारी अध्ययनका अनुसार भूकम्पबाट राजधानीका १५ बहतलीय अपार्टमेन्छ भवन –हाइराइज अपार्टमेन्ट बिल्डिङ) मध्ये १० वटामा ठूलो क्षति पुगेको छ ।
तीमध्ये एक बस्नै नमिल्ने अवस्थामा पुगेको छ । सबैभन्दा धेरै क्षति धुम्बाराहीस्थित पार्क भ्यु होराइजनमा देखिएको छ ।
सरकारी अध्ययन टोलीले त्यहाँ बस्न अयोग्य भएको सूचनासमेत टाँसेको छ । ‘बिममा क्षति पुगेको छ,सुरक्षाका हिसाबले बस्न नमिल्ने देखिएको छ,’टोलीमा सामेल भवन विभाग, काठमाडौं डिभिजन कार्यालयका वरिष्ठ डिभिजनल इन्जिनियर सागर जोशीले भने ।
भारतीय कम्पनी आरजे कर्पअन्तर्गतको बरुण डेभलपर्सले पार्क भ्यू होराइजनले बनाएको हो । यो राजधानीको महँगोमध्येको आवासीय योजना मानिन्छ ।
३० रोपनी जग्गामा करिब २ सय युनिट अपार्टमेन्ट बनाउने कम्पनीको योजना थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।