'भारतीय जहाजबाट आजित भयौं' - प्रजिअ तिमल्सेना
गोरखा । भूकम्पको प्रभावबारे जानकारी लिन ११ दिनपछि गोरखा आइपुगेका प्रधानमन्त्री सुशील कोइरालासँग प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सेनाले भारतीय हेलिकोप्टरले गर्दा घाइतेको उद्धार तथा राहत सामग्री ढुवानी गर्न समस्या परेको गुनासो गरेका छन्।
वैशाख १२ गतेको भूकम्पको केन्द्रबिन्दु रहेको गोरखा आइपुगेका प्रधानमन्त्रीसँग जिविसको सभाकक्षमा प्रजिअ अधिकारीले विपत्का बेला उद्धार गर्न आएको भारतीय हेलिकोप्टरले मनोमानी उडान गर्दा काम अव्यवस्थित भएको बताएका थिए।
'प्रधानमन्त्रीलाई म के अनुरोध गर्न चाहन्छु भने भारतीय हेलिकोप्टरले हामीसँग कत्ति पनि समन्वय गरेन', तिमल्सेनाले भने, 'यसले गर्दा हामीलाई काम गर्न समस्या भयो।' साँझ सर्वपक्षीय बैठक गरेर भोलिपल्टका लागि घाइते र राहत सामग्री ओसार्न बनाएको तालिकाविपरीत भारतीय हेलिकोप्टरले उडान गर्दा काम अस्तव्यस्त भएको उनले प्रधानमन्त्रीसँग गुनासो गरे। 'साँझ हामी सबै बसेर एउटा तालिका बनाउँछौं, ऊ कहिले उडाउँदैउडाउँदैन, कहिले भारतीय पत्रकारहरूमात्र लिएर उड्छ', प्रजिअ तिमल्सेनाले भने, 'कहिले गुम्दा पु:याउन पठाएको खाद्यान्न बालुवामा झारेर आउँछ।
कहिले जंगल र खोल्सामा खसालेर आउँछ।'भारतीय हेलिकोप्टरको उडानबारे जिल्ला दैवी प्रकोप उद्धार समितिलाई पत्तो नहुने र पोखरा कार्यालयबाट पनि स्पष्ट भनाइ नआउँदा भारतीय हेलिकोप्टर सहयोग हो कि असहयोग हो बुझ्न नसकेको उनले बताए। भारतीय हेलिकोप्टरको मनोमानीकै कारण पालुङटार हवाईमैदानमा १७ ट्रक खाद्यान्न अलपत्र परेको प्रजिअ तिमल्सेनाले बताए। 'उनीहरूलाई जिम्मा लगाएको १७ टन खाद्यान्न पालुङटारमै अलपत्र छ', तिमल्सेनाले भने, 'हामी आजित भएका छौं।'
भारतबाट ल्याएको पानीभुजा पनि आवश्यक नपर्ने भएकाले फिर्ता पठाइदिन प्रजिअ तिमल्सेनाले प्रधानमन्त्रीसँग आग्रह गरे। भारतीय वायुसेनाको एमआई १७ हेलिकोप्टर सदरमुकाम, बारपाक र पालुङटारबाहेक अन्य स्थानमा अवतरण गर्न नसक्ने र सानो एमआई १६ ले पनि मनोमानी उडान गरेपछि जिल्लाका राजनीतिक दलहरू आजित भएका छन्।
सत्तारूढ नेपाली कांग्रेस, एनेकपा माओवादी र नेकपा-माओवादीले पनि संयुक्त विज्ञप्ति जारी गरी भारतीय हेलिकोप्टरको स्वेच्छाचारी गतिविधिको विरोध गरेका छन्। कांग्रेस सभापति हरिबहादुर घले, एमाओवादी अध्यक्ष लेखबहादुर थापा र नेकपा-माओवादीका इन्चार्ज परशुराम रम्तेलले विज्ञप्ति जारी गरी सहयोगका नाममा आफूखुसी उडान भरेर सरकारी संयन्त्रको खिल्ली उडाएकाले तत्काल यसखाले गतिविधि सच्याउन आग्रह गरेका छन्।
'जिल्ला दैवी प्रकोप उद्धार समितिको योजनाभन्दा बाहिर अन्य ठाउँबाट परिचालित हुने कार्यले गाडीको पहुँच पुग्न नसकेको स्थानका भूकम्पपीडित जनताको उद्धार र राहतको काम प्रभावकारी हुन सकेको छैन भने अर्कोतिर राष्ट्रिय स्वाधीनतामाथि पनि प्रश्नचिन्ह उठेको छ', विज्ञप्तिमा भनिएको छ।-अन्नपूर्ण पोस्टबाट