दलित महिलाबाट छोरा जन्मेपछि मन्त्री कृपासुर भागेकै हुन् त ?
काठमाडौं । नवनियुक्त पर्यटनमन्त्री कृपासुर शेर्पाले ३५ वर्षअघि दलित महिलासँगको प्रेमले एक छोरा जन्मेको रहस्य सार्वजनिक भएको छ । कृपासुरका प्रेमिकातर्फका छोरा गणेश अहिले ३५ वर्षका छन् ।
उनका दुई सन्तान पनि छन् । गणेशका अनुसार ३५ वर्ष अघि जागिरको सिलसिलामा ताप्लेजुङ जाँदा गणेशकी आमा धनमाया दर्नालसंग कृपासुरको प्रेम भएको थियो । त्यही प्रेमको फलका रुपमा गणेश जन्मिए ।
दलितसँगको सम्बन्धले छोरा जन्मेपछि कृपासुर फरार भए । बाबुविनाको छोरा भनेर गणेशले जीवनभर तिरष्कार खेप्नु पर्यो । आमा मात्रै भएका कारण उनले नागरिकता बनाउन सकेका छैनन् । मन्त्रीका छोरा गणेशले अहिले प्रधानमन्त्रीलाई आफ्नो नागरिकता दिन आग्रह गरिरहेका छन् ।
यता मन्त्री कृपासुर शेर्पाले भने गणेश आफ्नो सन्तान नभएको बताएका छन् । उनले आफ्नो र गणेशको डिएनए जुधाउन आफू तयार रहेको बताएका छन् । मन्त्री शेर्पाले भने,‘गणेश भन्ने व्यक्तिलाई म चिन्छु, तर मेरो छोरा भन्ने कुरा वाइयात हो । ’
गणेशले बेला बेला फोन गरेर धम्क्याउने गरेको शेर्पाले जिकिर गरे ।उनका दुई सन्तान पनि छन् । गणेशका अनुसार ३५ वर्ष अघि जागिरको सिलसिलामा ताप्लेजुङ जाँदा गणेशकी आमा धनमाया दर्नालसंग कृपासुरको प्रेम भएको थियो । त्यही प्रेमको फलका रुपमा गणेश जन्मिए ।
दलितसँगको सम्बन्धले छोरा जन्मेपछि कृपासुर फरार भए । बाबुविनाको छोरा भनेर गणेशले जीवनभर तिरष्कार खेप्नु पर्यो । आमा मात्रै भएका कारण उनले नागरिकता बनाउन सकेका छैनन् । मन्त्रीका छोरा गणेशले अहिले प्रधानमन्त्रीलाई आफ्नो नागरिकता दिन आग्रह गरिरहेका छन् ।

तर त्यसबेला बाबु–छोराको कुरा आएको थिएन । अहिले पावरमा भएको बेला मेरो तेजोबध गर्न यस्तो नाटकीय विषय बाहिर ल्याइएको हो – शेर्पाले भने । नयाँ पत्रिका दैनिकमा खबर छ ।